काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति गगन थापाबीच आज दिउँसो १२ः३० बजे भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल भएको थियो।
डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकताबद्ध हुनुको विकल्प नरहेको बताउँदै पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभयो।
भेटमा भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत छलफल भएको थियो।












प्रतिक्रिया