बाल संवेदनशीलता तथा डिजिटल रिपोेर्टिङ सम्बन्धी तालिम समापन

282
Shares

उदयपुर ।

उदयपुरको गाईघाटमा मङ्गलबारदेखि बुधबारसम्मका २ दिने बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।


हुरेण्डेक उदयपुरको आयोजना, वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग र जिड्स उदयपुर नामक संस्थाको साझेदारीमा भएकोे कार्यक्रमममा उदयपुरका २०जना पत्रकार सहभागी भएका छन ।
सो तालिममा बिराटनगरका वरिष्ठ पत्रकार प्रशिक्षक यज्ञ शर्मा र गाईघाटका वरिष्ठ पत्रकार तथीीा प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जोङले प्रशिक्षण दिएका थिए ।

तालिमको पहिलो दिन कार्यक्रमको उद्देश्यमाथि हुरेण्डेकका विकल सुवेदीले प्रकाश पारेका थिए भने संस्थागत परिचय वल्र्डभिजन इन्टरनेशनल नेपाल उदयपुरका जिल्ला संयोजक आनन्द खड्काले दिएका थिए । सो प्रशिक्षणमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल लगायतकाले शुभकामना दिएका थिए ।
उक्त तालिममा बालअधिबार र यसका सिद्धान्तका बारेमा यज्ञ शर्मा र बाल संवेदनशीलता र नेपाली मिडियाको भूमिका सम्बन्धमा कौशल चेम्जोङले प्रशिक्षण दिनु भएको थियो ।

दोश्रो दिनको प्रशिक्षण कार्यक्रम समापन कार्यक्रममा हुरेण्डेकका अध्यक्ष शङ्कर बहादुर थापाको अध्यक्षतामा भएको थियो । सो अवसरमा महिला पत्रकार यमुना आले मगर वल्र्ड भिजन इन्टरनेशनल नेपाल उदयपुरका संयोजक आनन्द खड्का , नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल लगायतकाले समापन मन्तव्य दिएका थिए । सो अवसरमा तालिममा सहभागी २० जना सहभागीहरुलाई हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापा, प्रशिक्षक यज्ञ शर्मा तथा सहभागीहरुले एक अर्कालाई तालिममा सहभागिता जनाएको प्रमाणपत्र प्रदान गरेका थिए ।