उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ६ मदन भण्डारी लोकमार्गसँगैको बाँकेटारको शान्तिवनबाट प्रहरीले सोमबार बिहान ४ बजे प्रतिबन्धित लागु औषध गाँजा ११२२.६७ केजी सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारी नगरपालिका वडा नं ६ बाँकेटार शान्तीवन स्थित लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका वडा नं ६ बाँकेटार शान्तिवन वनभित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नं। को बोलेरो र जंगलमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ११२२.६७ के.जि. (५२ बोरा) फेला पारी उक्त गाँजा र बोलेरो सहित ताप्ली गाउँपालिका वडा नं १ डाँडागाँउ बस्ने वर्ष ५५ को राम बहादुर मगर, सोही स्थान बस्ने वर्ष २१ को नेक बहादुर मगर र वर्ष ४६ को पृथ्वीराज मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया