भोटेकोशी बाढीमा उदयपुरका ११ जना बेपत्ता, एक जना फेला परे

2.91k
Shares

उदयपुर ।

बुधबार बिहान भोटेकोशीमा आएको बाढीका कारण रोजगारी तथा अन्य कामले रसुवा नुवाकोटमा रहेका उदयपुरका ११ जना बेपता भै आफन्तले खोजीकालागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिले ६ जनाको खोजीकालागि आफन्तले निवेदन दिएको जनाए पनि पछि थप ५ जनाको खोजबिनकालागि निवेदन आएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार बुधबारको भोटेकोशिको बाढीले बेपता पारेकाहरुमा कटारी नगरपालिका वडा नं ५ सोक्लाहाका वर्ष २० का बुद्धिमान नेपाली, त्रियुगा नपा ७ चकलघाटका ४० वर्षका ध्रुव बस्नेत, उदयपुरगढी ७ तिरीबासका ३१ वर्षका अरुण मगर, त्रियुगा नपा १० बोक्से माइती भएकी र हाल नुवाकोटमा बसोबास गर्ने २३ वर्षकी मनिका विश्वकर्मा, ५ वर्षको मनिकाको छोरा रियाज विश्वकर्मा, त्रियुगा नपा १ रुपनी का २७ वर्षका बाल कुमार राई रहेका छन ।

यस अघि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरणमा त्रियुगा नगरपालिका वडा नं ४ बगाहाका ४२ वर्षका देवेन्द्र घिमिरे रहेका छन् । उनी माथिल्लो त्रिसुली हाइड्रो पावरमा निकै लामो समयदेखि कार्यरत कर्मचारी रहेका थिए ।

यस्तै त्रियुगा नगरपालिका वडा नं १४ बाजगरा एकैगाउँका ३ जना मजदुर रसुवा हाइड्रो पावरमा कार्यरत रहेका वर्ष १८ का भेषराज माझी, वर्ष २० का मिलन माझी र वर्ष ३२ का चन्द्र बहादुर माझी रहेका छन् ।

यसैगरी नेपाली सेनाको रसुवा टिमुरे पोष्टमा कार्यरत लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता घर भएका सि(५३) सुमन समीर राई पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरको त्रियुगा नपा वडा नं ९ गैरुन घर भएका वर्ष २५का कुशल भन्ने भोलाराज कार्की रसुवाको गोसाईकुण्ड घुम्न जानेक्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको थियो । तर पछिल्लो विवरणमा जिल्ला प्रहरी कार्यालय उदयपुरले उनको नाम बेपत्ताको सूचीबाट हटाइएको छ । उनी सकुशल रहेको भन्ने खबर आएको छ र उनको मो नं ९८१३८०४८१८ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । अन्यको मोबाइल नम्बरमा सम्पर्क गर्दा स्वीच अफ रहेको छ ।

यसै विचमा त्रियुगा नगरपालिका वडा नं ४ बगाहा उद्धव घिमिरेले आफ्नो ४२ वर्षिय छोरा देवेन्द्र घिमिरे भोटेकोशीको बाढीका कारण हराएको हुँदा उनको खोज तलासका लागि फेसबुक मार्फत र प्रहरीमा निवेदन दिएर अनुरोध गरेका छन् । उनी माथिल्लो त्रिसुली हाइड्रो पावर सेक्टर ३ को बि मा निकै लामो समयदेखि कार्यरत कर्मचारी रहेका थिए । भोटेकोीको बाढीका कारण बेपत्ता भएकाहरुको आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खोज तलासकालागि निवेदन दिएपछि उदयपुर प्रहरीले रसुवा जिल्ला प्रहरीमा खोजतलास तथा उद्धारकालािग पत्राचार गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले बताउनु भएको छ ।