भोटेकोशीको बाढीमा परेर उदयपुरका ६ जना बेपत्ता

0
Shares

उदयपुर ।

 बुधवार बिहान अकस्मात् रुपमा रसुवा जिल्ला हुँदै नुवाकोटतिरबाट नारायणीमा मिसिएको बाढी पहिरोमा परेर उदयपुरका ६ जना पुरुष बेपत्ता भएका छन् । 

जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न वडाका नागरिकहरु रोजगारीको क्रममा रसुवाका हाइड्रोपावरमा काम गर्नै मजदुरहरु, कोही गोसाईंकुण्ड घुम्न गएका कोही रसुवाको टिमुरेमा नेपाली सेनाको व्यारेकमा कार्यरत कोही माथिल्लो त्रिसुली हाइड्रो पावर ३ बि मा कार्यरत कर्मचारी रहेका छन् ।

जिल्ला प्रासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार रसुवामा आएको बाढी पहिरोबाट पीडित तथा बेपत्ता हुनेहरुमा त्रियुगा नगरपालिका वडा नं ४ बगाहाका ४२ वर्षका देवेन्द्र घिमिरे रहेका छन् । उनी माथिल्लो त्रिसुली हाइड्रो पावरमा निकै लामो समयदेखि कार्यरत कर्मचारी रहेका थिए । 

यस्तै त्रियुगा नगरपालिका वडा नं १४ बाजगरा एकैगाउँका ३ जना मजदुर रसुवा हाइड्रो पावरमा कार्यरत रहेका वर्ष १८ का भेषराज माझी, वर्ष २० का मिलन माझी र वर्ष ३२ का चन्द्र बहादुर माझी रहेका छन् ।

यसैगरी नेपाली सेनाको रसुवा टिमुरे पोष्टमा कार्यरत लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता घर भएका  सि(५३) सुमन समीर राई पनि बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

 यसैगरी उदयपुरको त्रियुगा नपा वडा नं ९ गैरुन घर भएका वर्ष २५का भोलाराज कार्की रसुवाको गोसाईंकुण्ड घुम्न जानेक्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रजिअ मेख बहादुर मग्रातीले यस विषयमा थप सोधीखोजी भैरहेको र ६ जना बेपत्ता भएको विवरण प्राप्त भएको र अन्य विवरण संकलन तथा अन्य कोही जिल्लाबाट रसुवा, नुवाकोट लगायतका जिल्लामा गएर सरकारी जागिर खाने, प्रहरी नेपाली सेना वा सशस्त्र प्रहरीमा जागीर  खाने, अन्य रोजगारी वा ज्याला मजदुरी गर्नैहरुको बारेमा सोधखोज तथा जानकारी लिने काम भैरहेको बताउनु भयो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईसँग जिज्ञासा राख्दा उहाँले नामहरु संकलन गर्ने कार्य भैरहेको बताउनु भयो ।

Skip This