काठमाडौँ ।
रोल्पाको पूर्वी क्षेत्रमा लगातारको वर्षापछि गएको पहिरोमा परी दुई दिनमा १५ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार गएको पहिरोमा ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता छन्। घाइते हिमाल पुनमगर र सञ्जय घर्तीमगरको बुटवलमा उपचार भइरहेको छ।
पहिरोले कोटलबारामा नौ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्चसहित १३ वटा संरचना बगाएको छ। घटनापछि थबाङ गाउँपालिका शोकमा डुबेको छ।
त्यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर घर्तीमगर, शनी घर्तीमगर, लली घर्तीमगर र लामी घर्तीमगर रहेका छन्।
लगातारको वर्षासँगै पहिरोले ठूलो जनधनको क्षति भएपछि स्थानीयवासी त्रसित र शोकमा छन्। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ।











प्रतिक्रिया