बझाङ ।
बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष कमल बहादुर सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराएका छन् ।
जिल्ला खेलकुद समितिमा बसेको बैठकले जिल्ला समितिमा मनाेनित हुन बाकी पदाधिकारी तथा सदस्यहरूलाई सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयले नियुक्त गरेपछि जिल्ला समितिले पूर्णता पाएकाे हो।




सदरमुकाम चैनपुरमा रहेको जिल्ला खेलकुद समितिको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरूलाई अध्यक्ष सिंहले शपथग्रहण गराएका थिए ।




शपथग्रहण गर्नेमा उपाध्यक्ष कलक वि.क, कोषाध्यक्ष विक्रम खाती र सदस्यहरूमा रोशन मल्ल, गणेश भण्डारी, कमल अधिकारी, रुमला जाग्री, मनिषा खड्का, किशोर थापा र सुरेन्द्रबहादुर सिंह रहेका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
समितिले पूर्णता पाएसँगै जिल्लाको खेलकुद क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ। अध्यक्ष कमल बहादुर सिंहले सबै पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गरे जिल्लाको खेलकुद क्षेत्रमा सुधार ल्याउन सकिनेमा आफू ढुक्क रहेको बताए। जिल्लामा पर्याप्त खेलमैदान नहुँदा खेलाडीहरूले समस्या भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
खेलमैदानको अभावकै कारण जिल्लामा नयाँ खेलाडी उत्पादन गर्नसमेत कठिनाइ भइरहेको उनको खेलक्षेत्रमा रहनुभएका ब्यक्तिहरूकाे भनाई छ। बझाङमा खेलक्षेत्रकाे बिकास संगै जिल्ला समृद्धि तिर जाने निश्चित देखिन्छ । धार्मिक एवम् ऐतिहासिक बझाङ जिल्लामा खेल क्षेत्रकाे बिकासमा सबै सराेकारवाला लाग्नु आवश्यक छ











प्रतिक्रिया