चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई महाधिवेशन सामग्री वितरण गरिएको छ।
महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूलाई प्रदान गरिएको झोलाभित्र पार्टीको लोगो अंकित क्याप, पेन, कपी तथा परिचयपत्र (आईडी कार्ड) लगायतका सामग्री समावेश गरिएको थियो। महाधिवेशन व्यवस्थापन समितिका अनुसार प्रतिनिधिहरूलाई आवश्यक पर्ने सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।
महाधिवेशनमा देशभरबाट सहभागी भएका प्रतिनिधिहरूले सामग्री प्राप्त गरेपछि निर्वाचन तथा अन्य कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाइरहेका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनसहित विभिन्न सांगठनिक विषयमा छलफल र निर्णय प्रक्रिया जारी छ।











प्रतिक्रिया