कांग्रेसको मागपछि संसदमा अवरोध, प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङको आग्रह


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन सभामुखसँग रुलिङ गर्न माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई रुलिङका लागि आग्रह गरेका हुन्।

तर सभामुख अर्यालले रुलिङभन्दा संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राख्दै आजको कार्यसूचीअनुसार प्रधानमन्त्रीको उपस्थित सम्भव नरहेको र तत्काल रुलिङ नगर्ने संकेत दिएका छन्।

त्यसपछि कांग्रेस सांसदहरूले विरोध जनाउँदै सदन अवरोध जारी राखेका छन्।