काठमाडौँ
मर्चेन्ट बैंकिङ सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडले आइएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्रले कम्पनीको गुणस्तरीय, भरपर्दो र ग्राहक–केन्द्रित वित्तीय सेवाप्रतिको प्रतिबद्धता पुष्टि गर्दछ । आइएसओ ९००१ः२०१५ प्रमाणपत्र गुणस्तर र निरन्तर सुधारमा प्रतिबद्ध संस्था लाई प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता हो, जसले सञ्चालन दक्षता बढाउनुका साथै साझेदार र लगानीकर्तामा विश्वास निर्माण गर्न मद्दत गर्दछ । यो प्रमाणपत्र इन्टरनेशनल स्ट्यान्डर्डाइजेसन अर्गनाइजेसनद्वारा मान्यता प्राप्त प्रणालीअन्तर्गत भारतको मुम्बईस्थित इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेस प्रा. लि.बाट प्रदान गरिएको हो ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले यो उपलब्धिले कम्पनीको उत्कृष्ट सञ्चालन र उच्चस्तरीय जोखिम व्यवस्थापनसहित ग्राहकलाई स्तरीय सेवा दिने प्रतिबद्धता झल्काएको बताए। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, सामूहिक लगानी कोष व्यवस्थापन, सेयर रजिस्ट्रार तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको कम्पनीले आन्तरिक प्रक्रिया सुदृढ गर्दै ग्राहक सन्तुष्टि बढाउने र सेवामा निरन्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।











प्रतिक्रिया