काठमाडौँ
मर्चेन्ट बैंकिङ सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडले आइएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्रले कम्पनीको गुणस्तरीय, भरपर्दो र ग्राहक–केन्द्रित वित्तीय सेवाप्रतिको प्रतिबद्धता पुष्टि गर्दछ। आइएसओ ९००१ः२०१५ प्रमाणपत्र गुणस्तर र निरन्तर सुधारमा प्रतिबद्ध संस्था लाई प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता हो, जसले सञ्चालन दक्षता बढाउनुका साथै साझेदार र लगानीकर्तामा विश्वास निर्माण गर्न मद्दत गर्दछ ।
यो प्रमाणपत्र इन्टरनेशनल स्ट्यान्डर्डाइजेसन अर्गनाइजेसनद्वारा मान्यता प्राप्त प्रणालीअन्तर्गत भारतको मुम्बईस्थित इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेस प्रा. लि.बाट प्रदान गरिएको हो ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले यो उपलब्धिले कम्पनीको उत्कृष्ट सञ्चालन र उच्चस्तरीय जोखिम व्यवस्थापनसहित ग्राहकलाई स्तरीय सेवा दिने प्रतिबद्धता झल्काएको बताउनुभयो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, सामूहिक लगानी कोष व्यवस्थापन, सेयर रजिस्ट्रार तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको कम्पनीले आन्तरिक प्रक्रिया सुदृढ गर्दै ग्राहक सन्तुष्टि बढाउने र सेवामा निरन्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ ।











प्रतिक्रिया