अप्रिल १ मा इराक छनोट भएसँगैं फिफा वल्र्डकपको इतिहासमा पहिलोपटक ८ एशियन टिमले खेल्ने भएका छन् । इन्टरकन्टिनेन्टल प्लेअफ फाइनलमा जमैकालाई २–१ ले हराएपछि इराक फिफा विश्वकपमा छनोट भएसँगैं एशिया कन्टिनेन्टलबाट ९ टिमले खेल्ने भएको हो । यसअघिको कतारमा सम्पन्न वर्ल्डकपमा ६ टिमले सहभागिता जनाएको रेकर्ड रहेको थियो ।
जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने वर्ल्डकपको २३ औं संस्करणमा खेल्ने एसिया टिमहरूको नालीबेली ।
साउथ कोरिया
साउथ कोरियाले पहिलोपटक १९५४ को फिफा वर्ल्डकपमा सहभागिता जनाएको थियो । यो एशिया कन्टिनेन्टलबाट पनि पहिलो सहभागिता थियो । यस वर्ल्डकपमा साउथ कोरियाले हँगेरीसँग ९–० र टर्कीसँग ७–० को हार बेहोरेको थियो ।
यसपछि सन् १९८६ मा भएको वर्ल्डकपमा दोस्रोपटक सहभागिता जनाए यता साउथ कोरियाले लगातार वल्र्डकपमा सहभागिता जनाइरहेको छ । अहिलेको संस्करणमा समेत गरी साउथ कोरियाले लगातार ११ औं संस्करणमा सहभागिता जनाउँदैैछ ।
साउथ कोरियाको सबैभन्दा उत्कृष्ट प्रदर्शन २००२ को वर्ल्डकपमा भएको थियो । साउथ कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको यस वर्ल्डकपमा साउथ कोरिया सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा स्पेनसँग पेनाल्टी शूटआउटमा पराजित भएपछि कोरियन टिमको यात्रा समाप्त भएको थियो । यसपछि भने साउथ कोरियाले २०१० र २०२२ को वल्र्डकपमा नकआउटसम्म यात्रा गरेको छ ।
आगामी वल्र्डकपमा साउथ कोरिया
ग्रुप ए : मेक्सिको, साउथ अफ्रिका, साउथ कोरिया, चेक रिपब्लिक
अस्टे«लिया
अस्टे«लियाले पहिलो पटक सन् १९७४ को वल्र्डकपमा सहभागिता जनाएको थियो । यस प्रतियोगितामा अस्टे«लियाले ईस्ट जर्मनीसँग २–०, वेस्ट जर्मनीसँग ३–० ले पराजित हुँदा चीलीसँग गोलरहित बराबरी खेलेको थियो ।
यसपछि सन् एसियाबाट कोटा बढाएपछि अस्टे«लियाले सन् २००६ को वल्र्डकपमा सहभागिता जनायो । यो संस्करणदेखि हालसम्म अस्टे«लियाले लगातार वर्ल्डकपमा खेल्दै आएको छ ।
अस्टे«लिया एकपटक मात्रै नकआउटमा पुग्न सकेको छ । यसै २००६ को वल्र्डकपमा जापानलाई ३–१ ले र क्रोएसियासँगय २–२ बराबरी खेल्दै नकआउटमा पुगेको अस्टे«लिया इटालीसँग १–० ले हारेको थियो ।
आगामी वर्ल्डकपमा अस्टे«लिया
ग्रुप डीः अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टकी
जापान
जापानले पहिलोपटक १९९८ को वर्ल्डकपमा सहभागिता जनाएको थियो । जापानले यस पहिलो सहभागितामा कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । जापानले यसपछि लगातार वर्ल्डकपमा खेल्दै आएको छ ।
जापानको सबैभन्दा उत्कृष्ट प्रदर्शन भनेको २००२ को वल्र्डकप थियो । सह आयोज बनेको जापान यस वल्र्डकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा जापान टर्कीसँग १–० ले पराजित भएको थियो ।
यसपछि जापान ३ पटक नकआउट चरणमा पुगेको छ । जसमा, २०१०, २०१८ र २०२२ को वर्ल्डकप हुन् । साउथ अफ्रिकामा भएको २०१० को वर्ल्डकपमा पाराग्वेले जापानलाई पेनाल्टी शूटआउटमा पराजित गरेको थियो । यस्तै, २०१८ को वर्ल्डकपमा बेल्जियमसँग २–१ ले र २०२२ कोवर्ल्डकपमा क्रोएसियासँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो ।
आगामी वल्र्डकपमा जापान
ग्रुप एफः नेदरल्याण्ड्स, जापान, ट्युनिसिया, स्वीडेन
साउदी अरेबिया
साउदी अरेबियाले पहिलोपटक एटलान्टामा भएको १९९४ को वल्र्डकपमा सहभागिता जनाएको थियो । पहिलो सहभागितामै साउदीले बेल्जियमविरुद्ध सानदार जित हासिल गरेको थियो । १–० ले जितेको यस खेलमा सइद अली अल क्वारेइन अल डोसारीले गरेको गोल फिफाको बेस्ट गोलको क्याटेगरीमा छैटो स्थानमा दर्ता गरिएको थियोे ।
यसपछि साउदीले १९९८, २००२, २००६, २०१८ र २०२२ को वल्र्डकपमा सहभागिता जनायो । यसमध्ये २०२२ को कतारमा सम्पन्न वल्र्डकपमा साउदीले अर्जेन्टिनालाई समूह चरणमा २–१ ले हराएर सनसनी मच्चाएको थियो । तर, यही अर्जेन्टिनाले यो वल्र्डकपमा उपाधि उचालेको थियो ।
आगामी वल्र्डकपमा साउदी अरेबिया
ग्रुप एचः स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
इरान
इरानले पहिलो पटक १९७८ को वर्ल्डकपमा सहभागिता जनाएको थियो । इरानले यसपछि १९९८ को वल्र्डकपमा खेल्यो । यसपछि २००६, २०१४, २०१८ र २०२२ को वर्ल्डकपमा खेलेको इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।
आगामी वर्ल्डकपमा इरान
गु्रप जीः बेल्जियम, इजिप्ट, इरान, न्यूजिल्याण्ड
इराक
इराकले पहिलोपटक १९८६ को वर्ल्डकपमा सहभागिता जनाएको थियो । इराकले पहिलो सहभागितामा खासै प्रभाव छोड्न सकेन । यसपछि भने कुनै पनि वर्ल्डकपमा सहभागिता जनाउन असफल भएको इराकले आउँदो वर्ल्डकपमा खेल्दैछ । इराक ठ्याक्कै ४० वर्षपछि वल्र्डकपमा सहभागिता भएको हो ।
आगामी वर्ल्डकपमा इराक
ग्रुप आई : फ्रान्स, सेनेगल, इराक, नर्वे
कतार
२०२२ को वल्र्डकप कतारले आयोजना गरेको थियो । आयोजक राष्ट्रको आधारमा कतार स्वतः यस वर्ल्डकपमा छनोट भएको थियो । कतारले आफ्नो पहिलो वर्ल्डकपमा इक्वेडरसँग २–०, सेनेगलसँग ३–१ र नेदरल्यान्ड्ससँग २–० ले हार बेहोरेको थियोे ।
आगामी वल्र्डकपमा कतार
ग्रुप बीः क्यानडा, बोस्निया–हर्जगोभिना, कतार, स्विटजरल्याण्ड
जोर्डन
जोर्डनले आफ्नो फुटबलको इतिहासमा पहिलोपटक वल्र्डकपमा सहभागिता जनाउँदैंछ ।
आगामी वल्र्डकपमा जोर्डन
ग्रुप जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
उज्बेकिस्तान
उज्बेकिस्तानले आफ्नो फुटबलको इतिहासमा पहिलोपटक वर्ल्डकपमा सहभागिता जनाउँदैंछ ।
आगामी वल्र्डकपमा उज्बेकिस्तान
गु्रप केः पोर्चुगल, डीआर कंगो, उज्बेकिस्तान, कोलम्बिया
वर्ल्डकप खेल्ने अन्य एशियन टिमहरू
–नर्थ कोरियाले सन् १९६६ को वर्ल्डकपमा खेलको थियो । पहिलो सहभागितामै नर्थ कोरिया क्वार्टरफाइनलसम्म पुगेको थियो । यो नतिजासँगैं नर्थ कोरिया विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो एशियन टिमसमेत बनेको थियो ।
–यस वल्र्डकपमा कोरियन टिमले इटालीलाई इटाली १–० ले हराएको थियो भने क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध अग्रता बनाएपनि ५–३ ले खेल गुमाउन पुगेको थियो । यसपछि २०१० को वल्र्डकपमा खेलेको यो टिमले तेस्रोपटक वल्र्डकप खेल्न पाएको छैन ।
–कुवेतले १९८२ को वर्ल्डकपमा सहभागिता जनाएको थियो । यस वल्र्डकपमा कुवेतको यात्रा समूह चरणसम्मै रहेको थियो । यसपछि कुवेतले अहिलेसम्म अर्को वर्ल्डकपमा खेल्न पाएको छैन ।
–संंयुक्त अरब इमिरेट्सले १९९० को वर्ल्डकपमा खेलेको थियो । यस वल्र्डकपपछि टिमको लागि दोस्रो वल्र्डकपका साइत अहिलेसम्म जुरेको छैन ।
–चीनको हालात पनि कुवेत र संयुक्त अरब इमिरेट्सको जस्तै भएको छ । सन् २००२ को वल्र्डकप जापान र साउथ कोरिया मिलेर आयोजना गरेपछि चीनले यस
वर्ल्डकपमा सहभागिता जनाउन पायो । तर, यसपछि भने चीनले अर्को वल्र्डकपमा सहभागिता जनाउन जति प्रयास गरेपनि सफल हुन सकेको छैन ।











प्रतिक्रिया