एसईई परीक्षामा अमर्यादित कार्य गर्ने शिक्षक पक्राउ

0
Shares

उदयपुर ।

 उदयपुरको बेलका नगरपालका वडा नं १ स्थित बेलका जनता माध्यमिक विद्यालयमा परीक्षाका नियम विपरित अमर्यादित कार्य गर्ने एक शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले रंगेहात पक्राउ गरी आवश्यक कार्वाहीकालागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी विष्णु बहादुर खड्काले दिएको जानकारी अनुसार जिल्लाको परीक्षा समन्वय समिति समेतको प्रहरी टोलीले बेलका नपा १ पुरन्दहस्थित बेलका जनता माविमा एसईईको परीक्षा चलिरहेको समय बिहा ९ं:४५ बजे बेलका नपा कै वडा नं ४ मा रहेको जनता नमुना मावि गुरुङचौरीका गणित विषयका शिक्षक (सप्तरीको महादेवा गाउँपालिका वडा नं ३ घर भै) संजिव यादवलाई रेडमी नोट मोवाइलसहित पक्राउ गरिएको जनाएको छ ।

शिक्षक यादवले विद्यालयभन्दा करिब २ सय मिटर पर बसेर अनिवार्य गणित विषयको प्रश्नपत्र मोवाइलको ह्वाटस एपमा मगाएर त्यसको जवाफ लेखेर वाटस एपमै पठाउने तयारी गरेकोले परीक्षाको नियम विपरित भएको हुँदा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ५ दिनको म्याद लिएर थप अनसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  उदयपुरले जनाएको छ ।