भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवादको विकल्प नभएको बताउनुभएको छ ।
पार्टीको आठौँ महाधिवेशनपछिको पार्टी केन्द्रीय समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले योग्यता अनुसार काम र कामअनुसार पारिश्रमिकको व्यवस्था नै समाजवाद भएको बताउनुभयो ।
जनता सचेत भएपछिमात्र समाजवादबारे बुझ्ने बताउँदै उहाँले जनतालाई सचेत बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनताबिच नियमित कक्षा सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले संसद् सदस्यको काम आफ्नो निर्वाचन क्षेत्रको सानोतिनो विकासको कुरा गर्ने होइन भन्दै देशको लागि आवश्यक नीति र कानुन बनाउने हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेले सडक वा निर्वाचित संस्था जहाँ भए पनि नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दै जाने बताउनुभयो ।
दुई–चार वर्ष फुटबल खेल्दैमा कोही पनि पोख्त खेलाडी नहुने उल्लेख गर्दै उहाँले राजनीतिमा पनि पनि २-४ वर्षमै कोही परिपक्व नेता नबन्ने स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरू निर्वाचनमा मात्र जनताको बिचमा पुगेर संठनको विकास र मत प्राप्त नहुनेतर्फ सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
जनतासँग कार्यकर्ताहरूको व्यवहार विनम्र र भद्र हुनु आवश्यक रहेको बताउँदै उहाँले कार्यकर्ताहरू आफ्नै मिहेनतमा संगठन विस्तारमा लाग्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेले पुँजीवादी विचलनबाट जोगिनुपर्ने र जनतासँगै सिक्ने र जनताकै संगठन गर्नेतर्फ लाग्न जोड दिनुभयो ।
बिगतमा पार्टीले पाएको कम्युनिष्टका ,जातका,नातागोताका र अरु दलमा चित्त नबुझेको भोटलाई तान्ने क्रमलाई निरन्तरता दिन नसक्दा भक्तपुर क्षेत्र नं.एकमा नेमकिपाले हार बेहोर्नुपरेको बताउनुभयो ।











प्रतिक्रिया