सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश


काठमाडौँ।

लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी उनलाई थुनामा राखिरहनु नपर्ने भन्दै हिरासतबाहिरै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो। यसअघि नै यो विषयमा मुद्दा चलाउन नपर्ने निर्णय भइसकेको कुरालाई मध्यनजर गर्दै, अदालतले उनलाई हिरासतमुक्त गरी अनुसन्धान जारी राख्न भनेको छ।

सांसद शर्मालाई एक बालिकालाई आफ्नो घरमा राखेर बालश्रम गराएको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको थियो।