काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिदिएको हो।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया