काठमाडौँ।
शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । बहस सकिएसँगै अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।
यसअघि शुक्रवार नै शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।











प्रतिक्रिया