अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बोन्डी बर्खास्त


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाएका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत बोन्डीको प्रशंसा गर्दै उनले निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताएका हुन् । न्याय विभागको नेतृत्व गर्दा बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एपस्टिन सम्बन्धी फाइनल सार्वजनिक गर्ने विषयमा विवादित रहेको थियो ।

गत मार्चमा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुखको पदबाट हटाइएपछि पछिल्लो समय पदबाट हटाइने बोन्डी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुन । बोन्डीको ठाउँमा सहायक महान्यायाधिवक्ता टोड ब्लान्चेलाई नियुक्त गर्ने तयारी गरिएकाे छ।