लमजुङ।
लमजुङको बेंसीशहर नगरपालिका वडा नं. ६ चनौटे राउतगाउँस्थित एक डेरामा गाई काटी मासु सुकाउँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा चैत १९ गते साँझ बाट प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।
सो क्रममा जिल्ला धादिङ रुवीभ्याली गाउँपालिका वडा नं. ८ घर भएका ३० वर्षीय प्रेम तामाङ र सोही स्थानका तासी तामाङलाई गाई काटी मासु सुकाउँदै गरेको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट सुकाइएको गाईको मासु प्लास्टिकमा पोका पारेर राखेको अवस्थामा बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट पशुपन्छी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।











प्रतिक्रिया