काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै रास्वपाका उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा दुई तिहाइ बहुमतसहित रहेको रास्वपाले सभामुखमा उम्मेदवारी दिनु स्वाभाविक भएको बताए।
रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। यता, नेकपाले भने उपसभामुख पदमा दाबी गर्ने संकेत गरेको छ र सहमति भए उम्मेदवारी दिने तयारी जनाएको छ।
यसैबीच, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सत्तापक्षसँग पर्याप्त बहुमत रहेको र सभामुख साझा व्यक्ति हुने भएकाले उम्मेदवारी नदिने बताएका छन्।











प्रतिक्रिया