काठमाडौं ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार चैत २२ गते आइतबार सभामुख चयन हुनेछ भने त्यसका लागि शुक्रबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। सोही दिन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावक र समर्थकले उम्मेदवार प्रस्तुत गर्ने र छलफलपछि निर्णय गरिनेछ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख पदका लागि डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन सोमबार हुने तय गरिएको छ। आइतबार दिउँसो प्रस्ताव दर्ता हुने र सोही दिन सूची प्रकाशन गरिनेछ भने सोमबार बस्ने राष्ट्रियसभा बैठकले उपाध्यक्ष चयन गर्नेछ।











प्रतिक्रिया