आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ। 

हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सामान्य बदली रहँदा अन्य स्थानमा आंशिक बदली देखिएको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ भने केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, तराईका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ।

राति पनि केही प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहँदा देशका अधिकांश भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।