काठमाडौँ
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा “हुण्डाईसँग शुभ यात्रा २०८३” नामक आकर्षक अफर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि ल्याइएको यस योजनाअन्तर्गत चयन गरिएका मोडेलहरूमा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस प्रदान गरिनेछ। साथै, एक वर्षसम्म निःशुल्क बीमा र सवारी कर, मूल्यांकनसहितको एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी खरिद प्रक्रिया अझ सहज बनाउनेछ।
यसका अतिरिक्त, हुण्डाईले बिक्री पछिका सेवामा पनि विशेष ध्यान दिँदै ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधा प्रदान गर्दै आएको छ । पछिल्ला दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको कम्पनीले नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोगमार्फत औद्योगिक विकासमा योगदान पु¥याइरहेको छ । करिब ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको यस पहलले स्थानीय सीप विकासलाई समेत टेवा दिएको छ ।
ग्राहकमैत्री सुविधा र लोकप्रिय मोडेलहरू सहितको यस अफरले नयाँ वर्ष २०८३ लाई अझ विशेष बनाउने लक्ष्य राखिएको छ । कम्पनीले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै नजिकको हुण्डाई सोरुममा गई यस अफरबारे थप जानकारी लिन आग्रह गरेको छ ।











प्रतिक्रिया