ट्रम्पले इरानविरुद्ध युद्ध खर्चका लागि अरब राष्ट्रसँग सहयोग माग्न चाहेको ह्वाइट हाउसको संकेत


काठमाडौं ।

डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च वहन गर्न अरब राष्ट्रहरूलाई सहभागी गराउने इच्छा व्यक्त गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्प यस विषयमा “निकै इच्छुक” रहेको बताउनुभएको छ।

यसै महिनाको सुरुआतमा पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारीअनुसार, इरानविरुद्धको युद्धको पहिलो छ दिनमै ट्रम्प प्रशासनले ११.३ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ।

वाल स्ट्रीट जर्नल को रिपोर्टअनुसार उक्त रकममा युद्धबाट भएको क्षति तथा सैन्य सामग्रीको पुनःपूर्ति (शोधभर्ना) खर्च समावेश गरिएको छैन।