ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो


काठमाडौँ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बहस सकिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको हो। ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र राधेश्याम अधिकारी, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायतले बहस गरेका थिए।

त्यस्तै, न्यायाधीश कुमार रेग्मीको इजलासमा पूर्वगृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको थियो। आइतबार ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोध लेखकले रिट दायर गरेका थिए।

गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत, काठमाडौँले अनुमति दिइसकेको छ।