काठमाडौं ।
लेबनानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय नजिक विस्फोट भएको छ।
शुक्रबार बेलुका माइस–अल–जबाल क्षेत्रमा भएको घटनामा नेपाली शान्ति सैनिक भने सुरक्षित रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार एक घर र केही व्यक्तिगत सामानमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन।
घटनाबारे गोलाबारी कहाँबाट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।












प्रतिक्रिया