समानुपातिक सांसद छनोट गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै


काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालयमा हुनेछ।

बैठकको मुख्य एजेन्डा समानुपातिकतर्फका सांसद छनोट गर्ने रहेको छ। निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले पाएको सिटका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गरी आयोगमा पठाउने विषयमा छलफल र निर्णय गरिनेछ।

पार्टीले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ भने गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। बैठकमा कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ।