मनकामनाबाट फर्किँदै गरेको माइक्रो दुर्घटना: ६ जनाको मृत्यु


गोरखा ।

गोरखामा मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। माइक्रोमा १४ जना सवार रहेका थिए।

प्रहरीका अनुसार घटनास्थलमै ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जनाको उद्धार गरिएको छ। अहिले प्रहरी र स्थानीयवासी घटनास्थलमा उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।