सर्वाधिक राशिको जि एम कप भलिबलका लिग खेल सकिए

अन्तिम तीन खेलमा पुलिस,आर्मी र गण्डकी बिजयी,आइतबार क्वाटर फाईनलका खेल हुने

3.01k
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीको कावासाेतीमा जारी जि एम कप राष्टिय पुरूष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत लिग चरणकाे खेल सकिएकाे छ ।

शनिबार सम्पन्न ३ खेलमा विभागीय टिम नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बिजय भएकाछन् ।

लिग प्रतियाेगितामा पुलिसले बाग्मती प्रदेश टिमलाई १२,१८ र १९ काे साेझाे सेटमा हराएकाे हाे भने त्रिभुवन आर्मी क्लवले पनि लकर्णाली प्रदेश टिमलाई २५/१४,२५/१३,२५/२२ कै साेझाे सेटमा पछाडि पारेकाे छ ।

त्यसै गरि माेफसलका टिम गण्डकी र लुम्बिनी बीचकाे खेलमा गण्डकी प्रदेश बिजयी भएकाे छ । गण्डकीले लुम्बिनी प्रदेश टिमसंगकाे खेलमा२५-२१,२५-१५,२३-२५ र २५-२० अर्थात ३/१ काे सेटमा जित निकालेेकाे हाे ।
प्रतियोगितामा सहभागी माेफसलका २ टिम बाग्मती र मधेश प्रदेश भने लिग चरणबाटै बाहिरिएकाछन् ।

सम्पन्न लिग खेलमा पुलिस क्लबका पहल गहतराज, आर्मी क्लबका देव राना र गण्डकीका सन्जु बिक्रम शाह म्यान अफ दि म्याच घाेषित भएकाछन् ।

याे संगै फागुन २८ गते बाट सुरू भएकाे माेफसलकै सर्वाधिक राशिकाे भलिबल प्रतियोगिता जि एम कपकाे लिग चरणका खेलहरू समाप्त भएकाछन् ।

आईतबार नकआउट चरण अन्तर्गत नेपाल पुलिस र लुम्बिनी, त्रिभुवन आर्मी क्लब र सुदुर पश्चिम प्रदेश,गण्डकी र काेशी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशका बीच भलिबल खेल हुने जि एम समाजका सल्लाहकार सहज राना मगरले बताए ।