काठमाडौं ।
नेपाल सरकारले इरानी नागरिकका लागि अन–अराइभल भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ। अब इरानका साधारण राहदानीवाहक नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट अनिवार्य रूपमा भिसा लिनुपर्नेछ। सरकारी तथा कूटनीतिक राहदानीवाहकका लागि भने पुरानै व्यवस्था कायम रहने बताइएको छ।
यस निर्णयसँगै नेपाल आइपुगेपछि प्रवेश नाकामै भिसा नपाउने देशको संख्या १३ पुगेको छ। सरकारले सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालेको जनाएको छ।
यसैबीच, नयाँ प्रणाली जडानका कारण राहदानी वितरण सेवा केही दिन अवरुद्ध हुन सक्ने राहदानी विभागले जनाएको छ। विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्छ।












प्रतिक्रिया