ओखलढुङ्गा ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ गहतेस्थित पहलमान श्रेष्ठको घरमा शनिबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिउँसो करिब १:३० बजे घरसँगै जोडिएको पालीबाट सुरु भएको आगोले ढुङ्गा–माटोले बनेको तीनतले घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात तथा भाँडाकुँडालगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया