काठमाडौँ ।
काठमाडौँमा शनिबार युवाहरूले इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वरसम्म गरिएको प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा सजाय दिन माग गरेका थिए। उनीहरूले बलात्कारका दोषीलाई फाँसी दिने कानुन बनाउन तथा महिला र दलितमाथिको हिंसा अन्त्य गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी इनिशा विकको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख भएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया