लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित


काठमाडौँ ।

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

ब्लु लाइन नजिकै रहेको नेपाली बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सैनिकहरू सुरक्षित रहेको स्पष्ट पारेको हो।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आक्रमणबाट सैनिक बस्ने भवनमा सामान्य क्षति भए पनि मानवीय क्षति भएको छैन। हाल नेपाली शान्ति सैनिकहरू बङ्करमा सुरक्षित रहेको सेनाले जनाएको छ।