काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को अध्यक्षतामा बसेको हो।
अध्यक्ष ओली पितृशोकमा रहेका बेला पनि बैठकमा सहभागी हुनुभएको छ। उहाँका ९७ वर्षीय पिता मोहनप्रसाद ओली को शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल मा निधन भएको थियो।
बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। साथै समानुपातिक सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोग मा पठाउने विषयमा पनि निर्णय गरिने बताइएको छ।












प्रतिक्रिया