खोटाङ ।
देशभर खाना पकाउने ग्याँस अभाब भएको चर्चा चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताईएको छ । इरान र अमेरिकाबीच जारी युद्दका कारण बाहिरबाट ग्याँस नआएको भनिए पनि जिल्लामा भने अभाव नभएको बताईएको हो ।
रिजालको लगायतका ग्याँसहरु हालसम्म अभाव नभएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताउनुभयो । हाल हरेक उपभोक्ताको घरमा दुई–तीन वटासम्म ग्याँस स्टक राखेको अध्यक्ष आचार्यको भनाई छ ।
केही दिन अघिदेखि नोबेल ग्याँस भने जिल्लामा नपठाएकोले पर्याप्त नभएको उहाँले बताउनुभयो । नोबेल ग्याँस पनि कटारीबाट तीन सय वटा पठाएकाले तत्कालका लागि अभाव नहुने प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका ब्यापारीहरुले बताएका छन ।
अध्यक्ष आचार्यका अनुसार युद्द चलिरहेको खण्डमा भने जिल्लामा पनि उपभोग्य सामानको अभाव हुनेछ । बिशेषगरी बिद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्याँस बितरण गरिरहेको उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अनुसार बिद्यार्थीको समस्यालाई मध्येनजर गर्दै अप्ठयारामा पर्नेलाई अर्थात एउटै मात्र सिलिण्डर हुने बिद्यार्थीहरुलाई ब्यापारी तथा संघले सोही अनुसार प्राथमिकता दिएर बितरण गर्नेगरी छलफल गरिएको छ ।
आएका ग्याँसहरु उपभोक्ताले नै स्टकमा राख्नेगरी लैजाने हुनाले बजारमा पर्याप्त नदेखिने ब्यापारीहरुको सुनाउँछन । कृतिम अभाव सिर्जना नगरिएको ब्यावसायीहरुको दाबी छ ।।












प्रतिक्रिया