काठमाडौं ।
विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले समुद्री मार्गबाट ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेको छ।
अमेरिकाले यसअघि रूसबाट तेल किन्ने देशमाथि उच्च भन्सार कर लगाउँदै आएको थियो। तर इरानसँगको युद्धका कारण तेल आपूर्ति प्रभावित भई मूल्य बढेपछि केही समयका लागि उक्त निर्णय हटाइएको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार समुद्रमा रहेका तेलमाथिको प्रतिबन्ध मात्र हटाइएको हो र यो व्यवस्था अप्रिल ११ सम्म लागू हुनेछ। यसबाट विश्व बजारमा थप तेल आपूर्ति भई मूल्य घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया