इरानमा अमेरिकी सैन्य अभियान आवश्यक भएसम्म जारी रहने : ट्रम्प


काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य अभियान आवश्यक भएसम्म जारी रहने बताएका छन्। युद्ध कति समयसम्म चल्छ भन्ने प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले आफूहरू युद्ध छिट्टै अन्त्य हुने विश्वासमा रहेको पनि बताए। उनले निर्धारित समयभन्दा अगाडि नै अभियान सफलतापूर्वक समाप्त हुने अपेक्षा गरिएको उल्लेख गरे। उनले अमेरिकी सेनाले आफ्नो लक्ष्य पूरा गर्न दृढतापूर्वक काम गरिरहेको बताए।