काठमाडौँ ।
पश्चिमी इराकमा अमेरिकी केसी–१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेको छ।
कमाण्डका अनुसार ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत बिहीवार मित्र राष्ट्रको हवाई क्षेत्रमा उडानका क्रममा विमान सम्पर्कविहीन भएको थियो। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाउँदै कमाण्डले दुर्घटना शत्रु वा आफ्नै पक्षको आक्रमणका कारण नभएको दाबी गरेको छ।
यता इरान समर्थक लडाकु समूहहरूको छाता सङ्गठन इस्लामिक रेजिस्टेन्स इन इराकले भने आफ्ना लडाकुहरूले पश्चिमी इराकमा दुईवटा अमेरिकी केसी–१३५ विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। समूहले एक विमान खसालेको तथा अर्को विमानमाथि पनि आक्रमण गरिएको जनाएको छ।












प्रतिक्रिया