पश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने अनुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।