ओमानमा इरानी ड्रोन आक्रमणमा एक नेपाली घाइते


काठमाडौ ।

ओमानमा भएको इरानी ड्रोन आक्रमणमा परेर एक नेपाली घाइते भएका छन्। नुवाकोटको ककनी घर भएका ती नेपाली शुक्रबार भएको आक्रमणका क्रममा सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार उनी आफ्नै कोठामा बसिरहेको बेला ड्रोन विस्फोट हुँदा लागेको छर्राले घाइते भएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र शनिबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको छ।

उक्त आक्रमणमा ओमानमा कार्यरत दुई विदेशी कामदारको मृत्यु भएको पनि जनाइएको छ।