काठमाडौ ।
काठमाडौंमा आज केही क्षेत्रमा विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा ११ केभी लाइन मर्मत तथा जीर्ण पोलको मर्मत र नयाँ जडानका लागि बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत् कटौती हुनेछ।
त्यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बजेदेखि ४ बजेसम्म बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
निर्धारित समयअघि नै काम सकिएमा विद्युत् सेवा नियमित रूपमा सञ्चालन गरिने पनि जनाइएको छ। साथै, विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।












प्रतिक्रिया