मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द


काठमाडौँ।

मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। उक्त सडकको तीन ठाउँमा पहिरो जाँदा बाटो एकतर्फीरुपमा बन्द भएर ट्राफिक जाम भएको हो।

मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको जनाइएको छ।