बाइक, स्कुटर साटेर टियागो कार लिन सकिने


काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन् । यो विशेष क्याम्पेन देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी किन्न सक्ने व्यवस्था गरिएको छ । यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपियाँ डाउनपेमेन्टमै टियागो इभी आफ्नो बनाउन सक्नेछन् ।

योजनाअन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुटजस्ता सुविधा उपलब्ध हुनेछन् ।

साथै ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।