काठमाडौँ ।
काठमाडौँमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, प्रति १० ग्राम सुनको मूल्य घटेर २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ। हिजो प्रति १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ। प्रति १० ग्राम चाँदीको मूल्य पनि ४ हजार ७ सय २८ रुपैयाँबाट घटेर ४ हजार ७ सय ११ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।












प्रतिक्रिया