काठमाडौँ।
इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्याङ्करमाथि आक्रमण हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। इराकस्थित भारतीय दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
दूतावासका अनुसार मार्च ११, २०२६ मा मार्शल टापुको झण्डा फहराइरहेको अमेरिकी कच्चा तेल ट्याङ्कर ‘सेफसी विष्णु’ माथि आक्रमण गरिएको थियो।
घटनामा जहाजमा कार्यरत एक भारतीय चालक दल सदस्यको ज्यान गएको दूतावासले जनाएको छ। आक्रमण कसले गरेको हो भन्नेबारे भने हालसम्म स्पष्ट भएको छैन।
दूतावासका अनुसार जहाजमा रहेका बाँकी १५ जना भारतीय चालक दलका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ।
बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू तथा उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
दूतावासले घटनामा ज्यान गुमाएका चालक दल सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।











प्रतिक्रिया