रौतहट ।
दलित समुदायमाथि आक्रमण गरी घाइते बनाइएको घटनामा प्रहरीले उल्टै पीडितलाई नै अन्याय गरेको आरोप लागेपछि प्रहरीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको छ । होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते फतुवा विजयपुर नगरपालिका वडानम्बर ५ को चमार समुदायको दलित बस्तीका ५५ वर्षीय बिर्जा राम चमार उनको ५० वर्षीय श्रीमती गायत्री देबी राम, उनकै छोरा राजकुमार राम, ललन राम चमार, नरेश राम चमार, सुब्बा रामकी १६ वर्षीया छोरी लगायतलाई सोही बस्तीका यादब समुदायले लाठीले निर्घात कुटपिट गर्दा सख्त घाईते भएका छन । पीडित पक्षका अनुसार घटना भएपछि इलाका प्रहरी कार्यालय सन्तपुरको प्रहरी टोलीले कुटपिटमा संलग्नलाई पक्राउ गर्नुको सट्टा पीडित बिर्जा राम र उनका छोरा नरेश राम लाईनै पक्राउ गरी थुनामा राखेको र पछि स्थानीय दबाब प्रहरीले छाडेको जनाइएको छ ।

पीडित नरेश रामका अनुसार ईलाका प्रहरी कार्यालय बिजपर लक्ष्मिनियाका प्रहरी निरिक्षक सुरेन्द्र यादबका न्यायको लागि जादा आफूहरुलाई कि गाजा खाएर आउ की त ज्यान मारेर आउ अनि मात्रै न्याय मिल्छ भनेर पन्छाएको बताए । निर्बाचनको दुई दिन अघि सामान्य भनाभन भएको बिषयलाई लिएर भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव, सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादवसहितको समूहले लाठी–भाटा लिएर घर बाट तानेर बाटोमा पुरयाई लाठिल कुटपिट गर्दा बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम देखिएको छ।
त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ । अन्य घाइतेहरूमा सुब्बा रामकी १६ वर्षीया छोरी, ललन राम चमार र नरेश राम चमार रहेका छन् । एक साता अघि साङ्घातिक आक्रमण गर्नेहरु खुल्लेयाम हिडेपछि पीडितहरुले न्यायको लागि याचना गरेका छन । प्रहरी निरीक्षक सुरेन्द्र यादवले भने निर्वाचनको संवेदनशील अवस्थाका कारण प्रारम्भिक रूपमा नियन्त्रणमा लिइएको र पछि जिम्मा–जमानीमा छाडेको बताए ।











प्रतिक्रिया