हेटौंडा ।
प्रतिनिधिसभा सदस्य निर्वाचनताका मकवानपुरमा सेलाएको गाँजा तस्करी फेरि शुरु भएको छ । प्रहरीले सोमबार राति करिब पौने ११ बजे ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा–८ सिमपानीस्थित भित्री सडकखण्डमा देबकोटबाट सिमपानीतर्फ आउँदै गरेको अटोबाट गाँजा नियन्त्रणमा लिएको छ ।
बाप्र–०३–००१ ह २०७६ नम्बर अटोलाई शंका लागेर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा–६ बस्ने वर्ष ३३ का सन्तसिंह लामा र वडा–२ बस्ने वर्ष ३० का सन्तवीर मोक्तानलाई खानतलासी गर्दा अटोभित्र लुकाइल्याइएको अवस्थामा प्रतिवन्धित लागुऔषध गाँजा १ सय ७ किलो ९ सय १० ग्राम फेला परेको हो । उक्त लागुऔषध तथा अटो नियन्त्रणमा लिएर लामा र मोक्तानलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया