काठमाडौँ।
भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर रहेनन्।
५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो।सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको विवाहमा सहभागी भएका मानन्धर आफन्तहरूसंगै हाँस्दै–बोल्दै थिए । तर, त्यो खुशीको क्षण अचानक शोकमा बदलिएको थियो।भोजकै क्रममा उहाँलाई अचानक हदयघात भएको थियो। ’ श्रीमती सजनी मानन्धरले भन्नुभयो।त्यसपछि तत्काल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोलोजीमा पु¥याइएको थियो।त्यहा“ पुग्दा मानन्धरको निधन भइसकेको थियो।भाञ्जीको विवाहका कारण मानन्धरको निधनको खबर मंगलबार साँझ मात्र सार्वजनिक गरिएको थियो।
वि.सं. २०२३ कात्तिक २३ गते जन्मिएका मानन्धरको जीवनको धेरै समय पत्रकारिता र लेखनमै बितेको थियो।नेपालभाषा पत्रकारितामा झन्डै चार दशक समय सक्रिय रहनुभएका मानन्धर विभिन्न पत्रपत्रिकाका स्तम्भकार समेत हुनुहुन्थ्यो।उहाँका लेखहरु नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न दैनिक पत्रपत्रिकामा नियमित रुपमा प्रकाशित छन्।यसबीचमा उहाँ डेढ वर्षदेखि भाषा आयोगका सदस्यका रूपमा कार्यरत हुनुहुुन्थ्यो।पछिल्लो पटक उहाँ रेडियो नेपाल, नेपाल टेलिभिजन र राससमा नेपालभाषा समाचारको विज्ञ रुपमा सहजीकरण गर्दै आउनुभएको थियो।
मानन्धरले २०४५ सालमा मल्ल के सुन्दर सम्पादक रहेको ‘इनाप’ साप्ताहिक र विश्वभूमि दैनिकबाट पत्रकारिता यात्रा शुरु गर्नुभएको थियो।वि.सं २०४६ सालको जनआन्दोलन उत्कर्षमा काठमाडौैंमा प्रहरीको कडा सुरक्षा घेरामा थियो।त्यही बेला वीर अस्पतालमा उपचाररत जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसंग चिकित्सकको भेषमा गरिएको अन्तरवार्ताले जनआन्दोलनको सन्देश पु¥याउनुभएको थियो।त्यसले उहाँलाई व्यापक रुपमा चिनाएको त्यतिबेला मानन्धरसंग गएका पत्रकार सुजीव बज्राचार्यले स्मरण गर्नुभयो।
त्यसपछि उहाँले नेपालभाषा पत्रकारितालाई निरन्तरता दिने अभियान रुपमा लिँदै नेपालको भाषाको दैनिकहरु नयाँ विश्वभूमी (२०४९–२०५१) पछि सन्ध्या टाइम्स (२०५२–२०७२) र नेपालभाषा टाइम्स दैनिक (२०७३–२०८१) को सम्पादक हुनुभयो।सधैं शान्त स्वभावका, कामप्रति समर्पित र जातीय र भाषिक अधिकारप्रति प्रति गहिरो प्रेम राख्ने व्यक्तित्व रहेको उल्लेख गर्र्दै नेपालभाषा एकाडेमीका चान्सलर समेत रहेका मानवअधिकारकर्मी मल्लले भन्नुभयो ‘आज उहाँको भौतिक रूपमा साथमा छैनन्।तर उहाँले लेखेका शब्दहरू, उहाँले प्रशिक्षित गरेका पत्रकारहरू र उहाँले जोगाउन खोजेको भाषा–संस्कृतिको अभियानले उहाँलाई लामो समयसम्म सम्झाइरहनेछ ।’
मल्ल के सुन्दरका अनुसार मानन्धर नियमित घटनाको रिपोटिङ गर्ने मात्र नभई भाषा, संस्कृति, जातीय अधिकार र संघीयताप्रति प्रतिबद्ध भई कलम चलाउनुहुन्थ्यो।नेपालभाषा पत्रकारितालाई जीवित राख्न जीवनभरि प्रयास गर्नुभयो।उहाँको आधुनिक कविता संग्रह ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन ’ (आज मैले घण्टाघरलाई समय सोधिरहेको छु।) र संरक्षणविद् डा. तीर्थमान मास्केको जीवनी ‘टाइगर वार्डेन’ र पद्मरत्न तुलाधरको जीवनी प्रकाशित छन्।त्यसैगरी मानन्धरले ‘ मह अदालत’ रेडियो नाटक श्रृंखला र ‘मह चौतारी’ टेलिफिल्म श्रृंखला लेख्नुभएको थियो।काठमाडौं महानगरपालिकाबाट प्रकाशित इन्द्रजात्रा (येँयाः) कृतिमा उहाँसहलेखनको भूमिका हुनुहुन्थ्यो।
मानन्धर पत्रकारिताका प्रशिक्षक समेत हुनुहुन्थ्यो।पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याएवापत मानन्धरलाई पारिजात सिर्जनशील पुरस्कार (२०५६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), जरिमैंया पुरस्कार (२०६८), गोविन्द वियोगी पत्रकारिता पुरस्कार (२०७०) तथा लहना धर्म–मोति नेपालभाषा पत्रकारिता सिरपाः–११३५ प्राप्त प्रदान गरिएको थियो‘आज देशले एउटा बहुआयामिक प्रतिभा गुमाएको छ। ’ देशको परिस्थितिमा बुझेर मनमा जतिसुकै पीर व्यथा र निराशा भएपनि व्यंग्य लेख्न खप्पिस हुनुहुन्थ्यो।उहाँ जस्तो प्रतिभा आउन धेरै समय लाग्ने छ।’ जनआस्थाका सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले भन्नुभयो।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि क्षेत्रपार्टी, विजेश्वरीस्थित नेपालभाषा मंका खलःको भवनमा बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म राखिने छ।











प्रतिक्रिया