काठमाडौँ।
प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक पूरा गरेका ९६ जना प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सैनिक प्राड सेवा, सैनिक प्राविधिक सेवा, सैनिक हवाई सेवा तथा सैनिक विविध सेवा अन्तर्गतका अधिकृतहरूले नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा मंसिर १६ देखि फागुन २५ गतेसम्म सञ्चालन भएको सि।सं। ३६ प्राविधिक अधिकृत आधार तालिम पूरा गरेका थिए।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अन्य अधिकृतहरू तथा दर्ज्यानी चिन्ह प्राप्त गर्ने अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।












प्रतिक्रिया