काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ११ हजार ८ सय ९१ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ४ लाख ३८ हजार ५ सय ७० मत गणना हुँदा रास्वपा अग्रस्थानमा रहेको हो।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९४ हजार ५ सय ८४, नेकपा एमालेले १४ लाख १२ हजार ८ सय ५३, नेकपा ले ७ लाख ६७ हजार ९ सय ९९, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४ सय ६७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार ३ सय २४ मत प्राप्त गरेका छन्।
उक्त परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको थियो। निर्वाचन आयोगले मंगलबार बेलुकासम्म समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुने जनाएको छ।











प्रतिक्रिया